पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

रौतहट- पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । आज रौतहटको राजदेवी नगरपालिका-९ ब्रहमपुरीबाट ४२ वर्षीय राजेश सिंह पक्राउ परेका हुन् । भिनाजु नाता पर्ने संजिव सिंहको भट्टी पसलबाट उनलाई सशस्त्रको बेलविछवा बीओपीको टोलीले नियन्त्रणमा लिएको हो । उनको साथबाट एउटा कुवा पेस्तोलसहित त्यसमा लाग्ने तीन राउण्ड गोली र एउटा खोका बरामद भएको छ…