त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद

काठमाण्डु - त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन्। बिहीबार राति फ्लाइ दुबईको एफजेड ५४३ को उडानबाट काठमाडौं आएका गोरखाका चन्द्र घले र मीनबहादुर घले सुनसहित पक्राउ परेका हुन् । कपडामा बेरेर छातीको दायाँबायाँ राखेर ल्याएको अवस्थामा उक्त सुन बरामद गरिएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।…