कांग्रेसका युवा नेता संकल्प यात्रामा निस्किँदै, मेचीनगरदेखि महेन्द्रनगरसम्म पुग्ने

काठमाण्डु – नेपाली कांग्रेसका युवा नेता कात्तिक २३ गतेदेखि संकल्प यात्रामा निस्किने भएका छन् । सोमबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै नेता भूपेन्द्रजंग शाहीले मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्रा आयोजना हुने जानकारी दिए । यात्राको सुरुआत कोशी प्रदेशको झापा जिल्लाको मेचीनगरबाट हुने र यात्राको समापन सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको महेन्द्रनगरमा हुने उनले बताए । युवालाई रोजगारीको सुनिश्चितता,…