उत्तराखण्डमा बस भिरबाट खस्यो, २० जनाको मृत्यु

काठमाण्डु- भारतको उत्तराखण्डको अल्मोडामा बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । गढवाल–रामनगर मार्गको साल्टनजिक भएको दुर्घटनामा हालसम्म २० जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार बिहान गौरीखालबाट रामनगरका लागि बस छुटेको बसमा ४० भन्दा बढी यात्रु सवार थिए। साल्ट कुपनजिकै चालकले बसको नियन्त्रण गुमाए। केही बेरमै बस गहिरो भिरमा खसेको थियो।…