रास्वपाको अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपाने दशैं अगाडि नै राजीनामा बुझाएको र स्वीकृत भएको रास्वपा स्रोतले पुष्टि गरेको हो । न्यौपानले अनुशासन आयोगमा करिब दुई वर्ष काम गरेका छन् ।