आज देशैभर मौसम सफा रहने

काठमाण्डु-हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार बिहीवार दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ…