राष्ट्रपतीय उम्मेदवार कमलाले भनिन्–अर्धस्वचालित पेस्तोल बोक्छु, सुटिङ रेन्जमा चलाएको पनि छु

एजेन्सी– राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले सोमबार प्रसारित एक अन्तर्वार्तामा उनीसँग ग्लक अर्ध–स्चालित पेस्तोल रहेको खुलासा गरेकी छिन्। ‘निश्चय नै’, उनले यसलाई सुटिङ रेन्जमा चलाएको बताएकी हुन्। अमेरिकी उपराष्ट्रपतिको हतियार रोजाइबारे अटकलबाजी चलिरहँदा उनले हालै टेलिभिजन स्टार ओप्रा विन्फ्रेलाई आफूसँग बन्दुक रहेको र आफ्नो घरमा कोही चोर पसेमा गोली हान्ने बताएकी थिइन्। “मसँग एउटा…