काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका कुनै पनि ठाउँबाट विपद्पश्चात् महामारीजन्य रोग फैलिएको जानकारीमा नआएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शनिबारसम्म रोग फैलिएकोबारे मान्त्रालयमा कुनै जानकारी नआएको बताए । उनले भने, ‘हामीले पखाला लगायत हैजाजस्ता कीटजन्य तथा पानीजन्य रोगहरू एकै ठाउँमा धेरै जनालाई संक्रमण भएको देखिए जानकारी गराउन भनेका छौं ।…