कोशी प्रदेशले भूकम्प पीडितका लागि कर्णालीलाई १ करोड र राहत सामग्री दिने

विराटनगर – कोशी प्रदेश सरकारले जाजरकोट भूकम्पका पीडितका लागि १ करोड रुपैयाँ र आवश्यक राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितका लागि १ करोड रुपैयाँ तथा त्रिपाल, कम्बल र मेट्रेस उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले बताए । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा…