काठमाण्डु - नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतसँग नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको छ । विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा कागज गराउन बस्नेत बुधबार बिहान भोटाहिटीस्थित ब्युरोमा उपस्थित भएका हुन्। उनले आफूमाथि लागेको आरोपको सन्दर्भमा बयान कागज गराएर फर्किएका ब्युरो स्रोतले बतायो । यसअघि प्रहरीले जिल्ला अदालत काठमाडौंमा बस्नेतविरूद्ध पक्राउ पुर्जीसमेत माग गरेको थियो। तर…