रौतहटमा मिस्त्री काम गर्ने पुरुषको शव फेला

काठमाण्डु – रौतहटमा १ जना पुरुषको शव फेला परेको छ । दोलखाको जिरी घर भई चन्द्रपुर नगरपालिका–४ मिलन चोकमा बस्ने ३५ वर्षीय पेम्बाली शेर्पा मृत भेटिएका छन् । उनी मिलन चोकका जुगेश्वर राय यादवको घरमा ६ महिनादेखि मिस्त्रीको काम गर्दै आएका थिए । घरको भूइँ तलामा उनी मृत फेला परेका प्रहरीले जानकारी दिएको छ ।