पूर्व राजा शाहको शुभकामना सन्देश : देश र जनतामाथि कुनै प्रकारको घात हुनु हुँदैन

काठमाण्डु – पूर्व राजा ज्ञानेन्द्र शाहले देश र जनतामाथि कुनै पनि प्रकारको घात गर्न नहुने बताएका छन् । बडादशैंको अवसरमा शुभकामना सन्देश सार्वजनिक गर्दै उनले जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनुपर्ने जनाएका छन् । उनले भनेका छन्, ‘देश र जनतामाथि अब कुनै प्रकारको घात हुनु हुँदैन, हाम्रो यही चाहना…