दसैँको शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने- विकृति अन्त्य होस्,सबैलाई सकारात्मक ऊर्जा मिलोस्

काठमाण्डु - राष्ट्रपति रामचन्द्र पौडेलले दसैँले सबैखाले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । शुभकामना सन्देशमा उनले यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान गर्ने बताएका छन् । उनले भनेका छन्, “यो पर्व सत्यको…