काठमाण्डु- अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशमा बसोबास गर्ने नेपालीहरूका दसैँको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिका अनुसार नेपालमा कार्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा दसैँको टीका लगाउने उत्तम साइत छ ।