काठमाण्डु – प्रतिनिधिसभा सभामुख देवराज घिमिरेसँग राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर सहितको टोलीले भेट गरेको छ । भेटका अवसरमा सभामुख घिमिरेले नेपालको मानवअधिकार आयोगको स्तर ‘ए’ श्रेणीमा नै कायम राख्ने सम्बन्धमा संसद्ले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज सोमबार आयोगका अध्यक्ष मगर सहितको टोलीसँगको भेटमा सभामुख घिमिरेले सरकारसँग…