काठमाण्डु- इजरायलमा शनिवार भएको आतंकवादी आक्रमणमा परि कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा घोडाघोडी-४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी-६ बझाङका गणेशकुमार नेपाली, बाउनिया-३ कैलालीका आशिष चौधरी, लेकाम-५ दार्चुलाका दिपेशराज विष्ट, सपही-६, धनुषाका आनन्द साह र मधुवान-१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् । मृत्यु भएका सबैलाई आतंककारी समूहको गोली लागेको थियो ।…