मिनीबस दुर्घटना हुँदा १ जनाको मृत्यु

काठमाण्डु – दैलेखको गुराँस गाउँपालिका–४ डबलगैरामा मिनीबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । कप्र ०२००१ख०८२५ नम्बरको मिनीबस शुक्रबार दुर्घटना हुँदा २ जना घाइते भएका दैलेख प्रहरीले जनाएको छ । दैलेखको दुल्लु नगरपालिकाबाट सुर्खेततर्फ जाँदै गरेको मिनीबस गुराँस गाउँपालिका–४ डबलगैरामा दुर्घटना भएको छ ।