काठमाण्डु – नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज २५ गते अर्थात अक्टोबर १२ तारिखमा परेको विश्व दृष्टि दिवसको अवसरमा संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने टिकटक भिडियोलाई नगद ५० हजारसहित संघले सम्मान गर्नेछ । प्रतियोगिताले आँखा स्वास्थ्यमा केन्द्रित…