टीकापुर हत्याकाण्ड: ८ वर्षदेखि जेलमा रहेका थप तीन कैदीलाई आममाफी

काठमाण्डु- टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय काटिरहेका तीन जना कैदीले बाँकी कैद माफी पाएका छन्। संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा टीकापुर हत्याकाण्डका थप तीन कैदीलाई आममाफी दिएका हुन् । जसअनुसार टीकापुर नगरपालिका-४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका-७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी आज रिहा हुने भएका छन्।…