सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न गृहमन्त्री लेखकले बनाए कार्यदल

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएका लेखकले पदभार ग्रहण गर्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका गृह मन्त्रालयले जनाएको छ । कार्यदललाई प्रतिवेदन बुझाउन १० दिन समय दिइएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान पहिरोले दुई…