सिरहा – अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले चालू आर्थिक वर्षको पहिलो २ महिनामा सिरहाका स्थानीय तहविरुद्ध २७० उजुरी परेको जनाएको छ । बिहीबार सुखीपुर नगरपालिकाको सभाहलमा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुुशासन प्रवर्द्धन’ विषयक स्थानीय तह स्तरीय अन्तर्क्रिया अख्तियारका सहायक प्रवक्ता तथा सूचना अधिकारी देवीप्रसाद थपलियाले तथ्यांक प्रस्तुत गरे । प्रवक्ता थपलियाका अनुसार उजुरी परेकामध्ये २६…