काठमाण्डु – यस वर्षको मनसुन मंगलबार काठमाण्डु उपत्यकाबाट बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भूभागका साथै काठमाण्डु उपत्यकाबाट पनि बाहिरिएको छ । महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भूभाग र मधेश प्रदेशका पश्चिमी भूभागका थोरै स्थानबाट पनि मनसुन बहिर्गमन…