भीम रावलको बाटो : मातृभूमि जागरण अभियानबाट देशभक्तिपूर्ण राजनीतिक शक्ति निर्माण

काठमाण्डु – नेता भीम रावललाई पार्टीले निष्कासित गरेपछि कतिपय नेकपा एमाले नेताहरूले केन्द्रीय कमिटी बैठकबाट कारवाही फिर्ता गराउने र उनलाई पुनः पार्टीमै भित्र्याउने प्रयास गरिरहेका बेला उनले देशभक्तिपूर्ण राजनीतिक शक्ति निर्माणको उद्घोष गरेका छन् । बुधबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै रावलले मातृभूमि जागरण अभियान चलाउने जानकारी दिए । मातृभूमि जागरण अभियान सञ्चालन गरेर देश र…