काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले नदी किनार तथा डुबान सम्भावित क्षेत्रबाट आवतजावत नगर्न आग्रह गरेको छ । प्रशासनले शनिबार साँझ सूचना जारी गर्दै नदी किनारमा रहने तथा हिँड्ने व्यक्तिहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाण्डुका बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा लगायतका खोलाहरूमा जल सतह बढेको छ । प्रशासनले विपदजन्य कुनै घटना भएमा…