काठमाण्डु-बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष ७९ वर्षीया पूर्वप्रधानमन्त्री जिया लामो समयदेखि मधुमेह, कलेजोको सिरोसिस, मुटुसम्बन्धी, फोक्सो, मिर्गौला, जोर्नीशोथलगायत धेरै रोगबाट पीडित थिइन् । हालै बंगलादेशमा सत्ताविरोधी आन्दोलन र राजनीतिक उथलपुथलबीच शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेकी…