प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्ने प्रयास भएपछि पत्रकार महासंघको आपत्ति

काठमाण्डु – प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले पक्राउ गर्न खोजेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको…