खानेपानी मन्त्रालयका ७ सहसचिवको सरुवा

काठमाण्डु – खानेपानी मन्त्रालयले ७ जना सहसचिवको सरुवा गरेको छ । मन्त्री महिन्द्रराय यादवले मन्त्रीस्तरीय निर्णय गर्दै खानेपानी विभागका महानिर्देशकसँगै ७ जना सहसचिवको सरुवा गरेका छन् । खानेपाली विभागका महानिर्देशक रमाकान्त दुवाडीको विराटनगरस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा सरुवा गरिएको छ भने विभागको महानिर्देशकको जिम्मेवारीमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलाई दिइएको…