उपराष्ट्रपति यादव चीन प्रस्थान

काठमाण्डु - उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन प्रस्थान गरेका छन्। सातौं चीन-दक्षिण एसिया प्रदर्शनी तथा २७ औँ चीन कुनमिङ आयात-निर्यात मेलामा सहभागी हुन उनी सोमबार चीन प्रस्थान गरेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री, परराष्ट्रमन्त्री, सुरक्षा निकायका प्रमुख, नेपालका लागि चिनियाँ राजदूत, उच्च सरकारी अधिकारीलगायतले बिदाइ गरे ।…