त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी टोकराज पाण्डेलाई

काठमाण्डु- सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुखमा टोकराज पाण्डेलाई नियुक्त गरेको छ । निजामती राष्ट्रीय किताबखानाको महानिर्देशक रहेका पाण्डेको गत बिहीबार अर्थ मन्त्रालयका सरुवा भएको थियो । अर्थमन्त्री डा. प्रकाश शरण महतले पाण्डेलाई भन्सार प्रमुखको जिम्मेवारी दिएका हुन् । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख रहेका अरुण पोखरेल भदौं १५ गतेसम्म बिदामा बसेका छन् ।…