काठमाण्डु - सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले शंकास्पद वस्तु राखेको आरोपमा एकजनालाई पक्राउ गरिएको जानकारी दिए। उनको विवरण भने केहीवेरमा सार्वजनिक गर्ने प्रहरीले जनाएको छ। सिनामंगल पुल नजिकै रहेको खोटाङ हलेसी ज्वेलर्स नजिकै बुधबार बिहान शंकास्पद वस्तु भेटिएको थियो।…