काठमाण्डु-देशभर मनसुनी वायुको प्रभाव कायमै छ । आज मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग…