एमाले महासचिव दुई दलीय व्यवस्थाको पक्षमा, भन्छन्–धेरै दल हुँदा अस्थिरता मात्रै बढ्यो

दाङ-एमालेका महासचिव शंकर पोखरेल दुई दलीय व्यवस्थाको पक्षमा उभिएका छन् । पोखरेलले विकास र समृद्धिका लागि दुई दलीय व्यवस्थाको आवश्यकचा रहेको दाबी गरेका छन् । दाङका कम्युनिष्ट नेता श्रीमणि आचार्यको सालिक अनावरण कार्यक्रमा शनिबार उनले भने, ‘धेरै राजनीतिक दल हुँदा अस्थिरता मात्रै बढ्यो । त्यसैले विकास र समृद्धिका लागि अब दुई वटा दलमात्रै हुनुपर्छ ।’…