ललिता निवासको जग्‍गामा तारबार लगाउन बालुवाटार पुग्यो महानगरको टोली

काठमाण्डु- काठमाण्डु महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको टोली बालुवाटार पुगेको छ । बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको हो । ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले उक्त कदम चालेको जनाइएको छ । मेयर बालेन शाहले ललिता निवासको जग्गामा तारबार लगाउन निर्देशन दिएका…