एनपीएलको तयारी पूरा, भोलि उद्घाटन गरिँदै

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । शनिबारदेखि सुरू हुने प्रतियोगिताको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी १ प्रतिशत काम शुक्रबार रातिसम्म सकिने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । एनपीएलका लागि बेहुलीझैं सिँगारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको केही पार्टमा…