काठमाण्डु-संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार न्युयोर्क पुगेका छन्। प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरूले स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्र संघको महासभालाई सम्बोधन…