काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिले संस्थाभित्र बृहत् एकताका लागि वार्ता सुरु गरेको छ । गत ३–४ मेमा काठमाण्डुमा भएको एकता महाधिवेशनबाट २०२५–२७ कार्यकालका लागि निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले एकता महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेत समेट्नका लागि वार्ता सुरु गरेको हो । राजेन्द्रकुमार (आरके) शर्माको संयोजकत्वमा गठित ५…