नेकपा एसले बोलायो केन्द्रीय कमिटीको पूर्ण बैठक

काठमाण्डु-नेकपा समाजवादीले केन्द्रीय पदाधिकारीको टुंगो लगाउन केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाएको छ । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन आइतबारका लागि बैठक बोलाइएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । नेताहरूको योगदान, कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिनेछ । उनका अनुसार बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा मंगलबारसम्म बस्ने छ…