काठमाण्डु- राजस्व अनुसन्धान विभागले काठमाण्डुको ठमेलस्थित होटल भियनामा छापा मारेको छ । विभागको टोलीले आइतबार बिहान छापा मार्ने क्रममा उक्त होटलबाट दावा छिरिङलाई पक्राउ गरेको हो । भियना होटल उनकी श्रीमतीको नाममा छ। योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले…