काठमाण्डु– नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी अन्जन श्रेष्ठले लिएका छन् । श्रेष्ठ यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष थिए । महासंघ विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । श्रेष्ठ ०५९ सालमा पहिलोपटक महासंघको केन्द्रीय कार्यसमिति सदस्य चयन भएका थिए । उपाध्यक्ष हुँदै ५७औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पाएका श्रेष्ठले रोजगारदाता समिति, राजस्व समिति र…