काठमाण्डु- ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबका सञ्चालक फरार भएका छन्। ललितपुर प्रहरी परिसरले एलओडीका सञ्चालक रुदीलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी लिएर खोजी गरिरहेको छ । उनीहरु हाल सम्पर्कविहीन छन् । नाबालिग बलात्कारको मुद्दामा जोडिएपछि एक सातादेखि मोबाइल फोन बन्द गरेर सञ्चालक श्रेष्ठ र सुवाल फरार भएको प्रहरीले जनाएको छ। प्रहरीले क्लबका दुई…