काठमाण्डु- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ नदिने बताएका छन्। उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोधेको ९ बुँदे स्पष्टीकरणको जवाफ नदिने बताएका हुन् । महानिर्देशक अधिकारीले गोप्य रहनुपर्ने स्पष्टीकरण सामाजिक सञ्जाल पोष्ट गरिएकाले उक्त विषयको जवाफ आफूले नदिने अधिकारीको अडान छ । स्पष्टीकरणजस्तो कुरा पनि फेसबुकबाट सार्वजनिक…