चितवन - चितवन क्षेत्र नं. २ को मतगणना सुरु गर्न सोमबार सर्वदलीय बैठक बसिरहेको छ। बिहान ८ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिलो सुरु भएको हो। अहिले मतगणनास्थलबाहिर सुरक्षा व्यवस्था कडा गरिएको छ। यसअघि आइतबार साँझ बस्ने भनिएको सर्वदलीय बैठक कांग्रेसका कारण बस्न सकेको थिएन । प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…