प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरीकर्ताको माग- एक्लाएक्लै संसदीय सुनुवाइमा जादैनाैँ

काठमाण्डु- प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिने उजुरीकर्ताहरूले सामूहिक रुपमा बस्न पाउनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका छन् । बुधबार बिहान ११ बजेबाट सुरु भएको उजुरीकर्तासँगको छलफलका क्रममा उनीहरुले सामूहिक रुपमै बस्ने भन्दै ज्ञापनपत्र बुझाएका हुन् । प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी गर्नेहरू समूह बनाएरै संसद सचिवालयमा आएका छन् । उनीहरूले एक्लाएक्लै समितिमा नजाने भन्दै…