पार्टीभित्र र बाहिर प्रश्न उठेपछि रास्वपाले रोक्यो सडक आन्दोलन

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारीको रकम अपचलन आरोपमा अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । पोखराको सूर्यदर्शनी, काठमाण्डौको स्वणलक्ष्मी र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा अदालतले रविविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेका छन् । २ कात्तिकमा पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका रविलाई कास्कीबाट बुटवल…