काठमाण्डु – नेकपा एमालेले प्रहरी अनुसन्धानमा गृह मन्त्रालयको हस्तक्षेप हुनु अपराधीलाई उन्मुक्ति दिने मनसाय भएको आरोप लगाएको छ । आईतबार बसेको पार्टी सचिवालय बैठकपछि जारी प्रेस विज्ञप्तिमा एमालेले गृह मन्त्रालयले नेपाल प्रहरीलाई दिएको पछिल्लो निर्देशनप्रति आपत्ति जनाएको छ । भदौ २४ गतेको विध्वंशकारी घटनामा संलग्न व्यक्तिहरू जाँचबुझ आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै गृह मन्त्रालयले कारबाही अगाडि…