काठमाण्डु – राजधानी काठमाण्डुको बसन्तपुरस्थित दशैंघरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती सोमबार अपराह्न बाजागाजासहित भित्र्याइएको हो । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमान ढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याउने चलन छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व सोमबार घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको…