राजदेवी मन्दिरमा खोइँछ भराई र प्रसादी चढाइँदै

जनकपुर – जनकपुरधामस्थित राजदेवी मन्दिरमा खोइँछ भराई तथा प्रसादी चढाउने श्रद्धालुभक्तजनको भीड लागेको छ । राति १२ बजेदेखि नै श्रद्धालु भक्तजनहरू लाइनमा लागेर प्रसाद चढाउँदैछन् भने सौभाग्यवती एवं सन्तानको कामना गर्दै महिलाहरू ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गर्दैछन् । नवरात्र सुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, बेसारको गिँड,…