विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

विराटनगर - जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । कोशी नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगरका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको हाे । पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोसी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिणमा जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको…