काठमाण्डु – पछिल्लो समय हवाई उडानमा सुरक्षा अफवाह आइरहेका छन् । अज्ञात समूहबाट १ हप्ताको अवधिमै नेपालमा २ पटक यस्तो अफवाह फैलाइएको छ । सोमबार काठमाण्डुबाट भारतको नयाँदिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा बम राखेको हल्लापछि विमानमा सवार यात्रुलाई ओरालेर जाँच भएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार एयर इण्डियाको…