काठमाण्डु – मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित बुधबार ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईंदैछ । नेपालमा पनि दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (युडीएचआर)को स्मरणमा हरेक वर्ष डिसेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ । घोषणापत्रले…